नयाँगाउँमा ‘एमेच्युअर फुटबल’ सुरु

खेलकुदले परिचय फराकिलो बनाउँछ: वडाध्यक्ष बानियाँ

पाेखरा | असोज १५, २०८१

नयाँगाउँमा ‘एमेच्युअर फुटबल’ सुरु

पोखरा महानगरपालिका १५ नयाँगाउँमा विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता सुरु भएको छ ।

 

पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित फुटबल प्रतियोगिता आजदेखि सुरु भएको हो ।

 

सो प्रतियोगिताको उद्घाटन खेलमा दिव्यज्योती युवा क्लबले जित निकालेको छ ।
 

कफी धिंलाई २–० गोल अन्तरले पराजित गर्दै दिव्यज्योती दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक विकास गुरुङले जानकारी दिए  । उनका अनुसार दिव्य ज्योतीको जीतमा मन्जित थापा र कुशल रानाले समान १ गोलको योगदान दिए ।

 

 

यस्तै दोस्रो खेलमा नवप्रतिभालाई केएनबीले ३–० गोल अन्तरले पराजित गर्याे । केएनबीको जीतमा बुद्धि गुरुङले २ र अमिर गुरुङले १ गोल गरे । 

 

यस्तै सेभेन टु एट गाइज र आर फिफ्टिनबीच भएको तेस्रो २–२ को बराबरीमा निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा सेभेन टु एट गाइज बिजयी बन्यो ।

 

चौथों खेलमा वी आर वन टिमले टुटुङ्गा एफसीलाई १–० गोल अन्तरले पराजित गर्याे ।

 

वी आर वनको जीतमा विकास गुरुङले निर्णायक गोल गरे ।

 

यस्तै आज भएको अन्तिम खेलमा रमाइलो एफसीले पुनटोललाई २–० अन्तरले हराउँदै रमाइलो एफसी दोस्रो चरणमा प्रवेश गर्याे ।
 

 

रमाइलोको जीतमा सुजन मगर र विश्वास गुरुङले समान १ गोलको योगदान दिए । प्रतियोगितामा कुल २६ टिमको सहभागिता रहेको छ ।

 

खेलकुदले परिचय फराकिलो बनाउँछ: वडाध्यक्ष बानियाँ

 

आगामी १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले खेलकुदले खेलाडीको परिचय फराकिलो बनाउन सघाउ पुग्ने धारणा राखे ।

 

खेलकुदले अनुशासनको दायरामा राख्दै भाइचारको आपसी सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने उल्लेख गरे । ‘खेलकुद यस्तो क्षेत्र हो, जस्ले अनुशासनको दायरामा राखेर आपसी सम्बन्ध मजबुद बनाउन मद्दत गर्छ, उनले भने, ‘यति मात्र होइन यसले खेलाडीको परिचय फराकिलो पनि बनाउछ ।’

 

उनले खेलकुदकै माध्ययमबाट देशलाई विश्वमा चिनाउनसमेत सकिने बताए ।

 

 

'अहिले खेलकुदको विकास भइरहेको छ । क्रीकेट, फुटबल, तेक्वान्दो लगायतको क्षेत्रबाट पछिल्लो समय ऐतिहासिक पदक देशले पाएको छ । यसले देशको गौरवलाई विश्वसमेत फैलाउन सघाएको छ । त्यसैले खेलकुदमा भविष्य देख्नेहरु पछि नहट्नुहोला' उनले भने ।

 

सो कार्यक्रमा संगम टोल विकास संस्थाका अदिप बराल, फ्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीका अध्यक्ष गंगा बहादुर क्षेत्री लागायतले बोलेका थिए ।

 

नयाँगाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

 

प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । भने, एउटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।

 

कार्यक्रममा आदर्श आमा समूह र संगमटोल विकास आमा समूहको टोलीले झाँकीसहति र्यालीसमेत प्रर्दशन गरको थियो ।

 

उक्त प्रतियोगिताको मिडिया पार्टनरमा सुनगाभा न्यूज डटकम र गोल नेपाल डटकम रहेको छ भने, प्रतियोगिताका सबै खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।

पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।   महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

थप पढ्नुहोस्

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

थप पढ्नुहोस्

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्